header image
Home arrow news update
News Update. PDF Print E-mail
Article Index
News Update.
Page 2

NRN,UK
गैरआवासीय नेपाली संघ युकेको प्रेस विज्ञप्ति

गैर आवासीय नेपाली संघ युकेको चौथो कार्यसमितिको पहिलो बैठक २० सेप्टेम्बर २००९ मा फार्नवोरोमा बस्यो सो बैठकले निम्न लिखित महत्वपूर्ण निर्णयहरु गरेको छ ।

१ नेपालीहरुको महान् चाड विजय दशमी शुभ-दिपावली र ईदको उपलक्ष्यमा युकेमा बसोबास गर्ने समस्त नेपालीहरु र नेपाल तथा संसारभर रहेका सम्पूर्ण नेपालीहरुमा सुखःशान्ति र प्रगतिको लागि मंगलमय शुभ-कामना व्यक्त गर्ने निर्णय गरिएको छ ।
२ गैरआवासीय नेपाली संघ युकेको तेस्रो साधारणसभालाई भव्यतासाथ सफल पारी निर्विरोध रुपमा चोथौं कार्यसमिति गठन गर्न सहयोग पुर् याउने गैरआवासीय नेपाली संघ युकेका सबै सदस्यहरु निर्वाचन समिति निवर्तमान कार्यसमिति निर्वाचन सम्पन्न गर्न बनेका विभिन्न समितिहरु प्रचारप्रसारमा सहयोग गर्नुहुने सम्पूर्ण मिडिया तथा मिडियाका मित्रहरु साधारणसभालाई सहयोग गर्ने सहयोगदाताहरु साधारणसभामा उपस्थित हुनुभएका प्रमुख अतिथि विशेष अतिथि तथा अतिथिवर्गहरु र युकेमा कार्यरत विभिन्न संघसंस्थाहरुलाई हार्दिक धन्यवाद दिने निर्णय गरिएको   छ ।
३ गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय कमिटिको यहि अक्टोवर १३-१५ मा काठमाडैंमा सम्पन्न हुने चौथो विश्व शिखर सम्मेलनमा भाग लिनको लागि युकेको तर्फबाट संघका अध्यक्ष श्री सुर्यबहादुर गुरुङको नेतृत्वमा १०० जनाको प्रतिनिधिमण्डल नेपाल पठाउने निर्णय गरेको छ । उक्त सम्मेलनमा युकेका नेपालीहरुले भोगेका ज्वलन्त समस्याहरुलाई व्यवस्थित रुपले उठान गर्ने निर्णय गरेको छ । साथै उक्त विश्वसम्मेलनलाई सफल बनाउन र सम्मेलनको मुखपत्र ग्लोवल नेपाली प्रकासनमा युकेको तर्फबाट आर्थिक सहयोग पुर् याउने सम्पूर्ण सहयोगी मित्रहरुलाई संघको तर्पुबाट हार्दिक धन्यबाद दिने निर्णय गरिएको छ ।
४ गैरआवासीय संघ युकेको भर्खरै सम्पन्न साधारणसभा र सम्पन्न हुनगईरहेको विश्व सम्मेलनको सुखःद खुसियालीमा गैरआवासीय नेपाली संघ युकेको तर्फबाट नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २० वटा ट्रली पहिले नै उपलब्ध गराईसकेकोमा थप २० वटा ट्रली उपहारस्वरुप प्रदान गर्ने निर्णय गरिएको छ ।
५ गैरआवासीय नेपाली संघको चौथो विश्वसम्मेलनमा युकेको तर्फबाट भाग लिन जान चाहने सदस्यहरुले संघको ई-मेल  मार्फत वा संघको युकेको कार्यसमितिका सदस्यहरु वा आई.सि.सि. सदस्यहरुमार्फत आफ्नो नाम, सदस्यता नम्वर, युकेको ठेगाना, ईमेल ठेगाना, नेपालको सम्पर्क नंम्बर र नेपालमा होटेलको व्यवस्था गर्नु पर्ने वा नपर्ने व्यहोरा खुलाई यहि सेप्टेम्बर २९ तरिखभित्र लेखी पठाउन अनुरोध गर्ने निर्णय गरिएको छ ।
६ बैठकले संघको विधानलाई पूर्णत दिन भक्त गुरुङ विज्ञान प्रसाई यादव श्रेष्ठ र राजकुमार त्रिपाठीलाई जिम्मेवारी दिईएको छ । संघको साधारणसभाबाट पारित प्रतिवेदनलाई पूर्णत दिन भक्त गुरुङ र आर्थिक प्रतिवेदनलाई पुर्णत दिन कोषाध्यक्ष थर्क सेनलाई जिम्मेवारी दिईएको     छ ।

संघका अध्यक्ष सुर्यबहादुर गुरुङले अध्यक्षता गरेको बैठकको साचालन संघका कोअर्डिनेटर भक्तबहादुर गुरुङले गरेको थियो । बैठकमा संघका अन्तर्राष्ट्रिय कमिटिका सदस्यहरु डा।हेमराज शर्मा हितमान गुरुङ र संघका नवनिर्वाचित अन्तर्राष्ट्रिय कमिटिका सदस्यहरु राजन कँडेल विजय थापा किशोर सापकोटा र लक्ष्यबहादुर गुरुङको विशेष उपस्थिती रहेको थियो । बैठकमा संघका युके कार्यसमितिका सम्पूर्ण सदस्यहरुको उपस्थिती रहेको थियो ।

हार्दिक धन्यवाद सहित ।

भक्तबहादुर गुरुङ
राष्ट्रिय कोअर्डिनेटर
गैरआवासीय संघ युके
२१ सेप्टेम्बर २००९



Image Gallery